नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप तीनजनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा दुईजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप तीनजनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेहरुमा कालिमाटी गाउँपालिका-२ सल्यानका ४६ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका-५ बाँकेका ६७ वर्षीय पुरुष र लमही नगरपालिका-१ दाङका ३२ वर्षीया महिला हुनुहुन्छ ।

योसँगै बाँकेमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट उपचारका लागि आएका ३३७ जना र जिल्लाका ३०७ जनाको मृत्यु भईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here