कैलाली जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले कैलालीमा जारी निषेध आदेश जेठ ६ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । 

वैशाख ३० गतेसम्म लागु हुने गरी जारी गरिएको आदेशलाई मिति २०७८ जेष्ठ ६ गतेसम्म (एक हप्ता) का लागि थप गर्न सिफारिश निर्णय गरिको हो।

निषेध आदेश लागू गरिएपछि पनि जिल्लामा कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेकाले थप कडाइ गर्ने केन्द्रले निर्णय गरेको छ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गर्ने निर्णय गरेको छ। राजस्व दाखिला र सरकारी कारोबारबाहेक बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।

स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थसम्बन्धी पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय सञ्चालन गर्न पाउने छैनन्। तरकारी, फलफूल तथा खाद्य वस्तुका पसल/व्यवसायहरू हरेक मंगलबार, बिहीबार र शनिबार बिहान ६ देखि ९ बजेसम्म जनस्वास्थ्य र सुरक्षाका मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न पाउने छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here