माघ, ७। नयाँ दिल्ली/ दिल्ली विश्वविद्यालयस्थित गान्धी भवनमा आयोजित “भारतीय ज्ञान परम्परामा पर्वहरूको महत्त्व र भूमिका” विषयक परिचर्चा कार्यक्रमको अवसरमा गान्धी भवनका निर्देशक तथा पुस्तकालय अध्ययन विभागका प्राध्यापक प्रोफेसर के. पी. सिंहको पुस्तक “द प्लेयर” को विमोचन तथा लोकार्पण सम्पन्न भएको छ।

उक्त कार्यक्रममा दिल्ली विश्वविद्यालयअन्तर्गतका विभिन्न कलेजका शिक्षक, प्राचार्य तथा शोधार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि डा. अजय शंकर पाण्डेय (पूर्व आई.ए.एस. तथा झाँसीका पूर्व सम्भागीय आयुक्त) रहनुभएको थियो।

कार्यक्रमको अध्यक्षता गान्धी भवनको प्रबन्ध समिति अध्यक्ष प्रो. बलराम पाणीले गर्नुभएको थियो भने,कार्यक्रममा वक्ताका रूपमा वरिष्ठ अधिवक्ता तथा विश्व हिन्दू परिषद्का अध्यक्ष आलोक जी र दिल्ली विश्वविद्यालयको कार्यकारी परिषद्का सदस्य प्रो. इन्द्र मोहन कपाही उपस्थित रहनुभएको थियो।

विशिष्ट अतिथिका रूपमा डूटा (DUTA) अध्यक्ष प्रो. वीरेन्द्र सिंह नेगी पनि कार्यक्रममा सहभागी हुनुभएको थियो।

पुस्तकमाथि टिप्पणी गर्दै डा. इन्द्र मोहन कपाहीले “द प्लेयर” केवल एउटा पुस्तक मात्र नभई विगत २५ वर्षको निचोड समेटिएको महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो।
त्यस्तै, प्रो. बलराम पाणीले समयक्रममा छुटेर जाने, लेखिन नसक्ने क्षणहरूलाई प्रो. के. पी. सिंहले यस पुस्तकमार्फत सजीव रूपमा सुरक्षित गरेको उल्लेख गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

डूटा अध्यक्ष प्रो. नेगीले कुनै पनि पुस्तक केवल तस्बिरहरूको संग्रह नभई समयको कालक्रम (क्रोनोलोजी) हुने उल्लेख गर्दै प्रो. सिंहलाई बधाई दिनुभयो।

प्रमुख अतिथि डा. अजय शंकर पाण्डेयले भारतमा वंशावली तथा संस्थागत इतिहास सुरक्षित गर्ने परम्पराको कमी रहेको बताउँदै “द प्लेयर” ले दिल्ली विश्वविद्यालयको इतिहासलाई जीनियोलोजिकल अभिलेखका रूपमा संरक्षण गर्ने महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

वरिष्ठ अधिवक्ता श्री आलोकले पुस्तक व्यक्ति र समाजको ऐना हुने बताउँदै “द प्लेयर” केवल प्रो. के. पी. सिंहको जीवनकथा नभई दिल्ली विश्वविद्यालयको इतिहासको चित्रावली भएको धारणा राख्नुभयो।

लेखक प्रो. के. पी. सिंहले डिजिटल मिडियाको युगमा पनि पुस्तकको प्रासंगिकता अझ बढेको उल्लेख गर्दै, डिजिटल समयलाई पुस्तकमा कैद गर्नु अझै महत्वपूर्ण भएको बताउनुभयो। पुस्तक विमोचन कार्यक्रममा सहभागी सबैप्रति उहाँले धन्यवाद ज्ञापन गरिएकाे थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here