काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन आउन करिब एक महिना मात्र बाँकी छ । मुलुकमा देखिएको कोरोना महामारी र क्रियाशिल सदस्य विवादमा फसेको कांग्रेसले अहिलेसम्म वडा अधिवेशन समेत गर्न सकेको छैन । नेपालको संविधान अनुसार कांग्रेसले अबको एक महिनाभित्र महाधिवेशन गर्न नसके पार्टीको वैधानिक आधार नै समाप्त हुनेछ ।

२०७२ साल फागुन अन्तिम साता चार वर्षे कार्यकालका लागि पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवाले पार्टी विधान अनुसार १४ औँ महाधिवेशन २०७६ को अन्त्यसम्ममा गरिसक्नु पर्थ्यो । तर, प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले विभिन्‍न बाहना देखाउँदै महाधिवेशन गर्न नचाहेको संस्थापन इतरका समूहले आरोप लगाएको छ । रमेश लेखक नेतृत्वमा गठित क्रियाशिल सदस्य विवाद समाधान कार्यदलले विवाद यथावत राखेर मंगलबार आफ्नो प्रतिवेदन सभापति देउवालाई बुझाएको छ । स्थगित भएको वडा अधिवेशन कहिले हुन्छ कुनै टुंगो छैन । कांग्रेसले संविधानमा व्यवस्था भए बमोजिम भदौ १९ गते अनिवार्य महाधिवशेन सम्पन्‍न गर्नुपर्ने बाध्यता रहेको छ । यसै विषयमा खबरडबलीका संवाददाता गणेश पाण्डेले कांग्रेसको वैधानिकता संकटमोचनका उपायबारे नेतात्रय जगदीश नरसिंह केसी, भीमसेनदास प्रधान र पूर्णबहादुर खड्कासँग बहस गरेका छन्-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here