४ कार्तिक, नेपालगञ्ज । कसौधन वैश्य समाज युवा मञ्च एवम् महिला मञ्चद्वारा रक्तदान कार्यक्रमको आयोजन गरिएको छ ।
कसौंधन वैश्य समाज युवा मञ्चका सदस्य सुजीत कुमार कसौधन (भोलू) को संयोजकतामा क्षेत्रीय रक्त सञ्चार केन्द्र भेरी अस्पतालमा आयोजना गरिएको रक्तदान कार्यक्रममा शनिवार ५ जना महिला सहित ५५ जनाले रक्तदान गरेका छन् ।
‘रक्तदान जीवन दान’ भन्ने मूल नारा का साथ आयोजना गरिएको उक्त कार्यक्रम सम्पन्न गरी ब्लड संकलन गरेर क्षेत्रीय रक्त सञ्चार केन्द्र भेरी अस्पताललाई हस्तान्तरण गरिएको कसौंधन वैश्य समाज युवा मञ्चका अध्यक्ष सञ्जय कुमार वैश्यले जानकारी दिएका छन् ।
बढ्दो रक्तको अभावका कारण कसैले पनि ज्यान गुमाउन न परोस् भने सोचका साथ आयोजना गरिएको उक्त कार्यक्रममा कसौधन वैश्य समाज बाँकेका कार्यसमिति समेतको सहभागिता रहेको थियो ।
यस अघि पनि वैश्य समाजद्वारा विभिन्न सामाजिक कार्यहरु गरिएको छ र आगामी दिनमा समेत सामाजिक कार्यलाई निरन्तरता दिइरहने कसौंधन वैश्य समाजले जनाएको छ ।