२८ श्रावण, नेपालगञ्ज । बाँके प्रहरीले कर्तव्य ज्यान र डाँका मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३८ को नुर हसन खाँ रहेका छन् ।
कर्तब्य ज्यान र डाँका मुद्दामा बाँके जिल्ला अदालतको मिति २०८०।०१।१३ गतेको फैसलाले २६ वर्ष कैद सजाय र रु. ३७ हजार ५ सय जरिवाना तोकिएकोमा निज प्रतिवादी हालसम्म फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले निज खाँलाई सोमवार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाइएको बाँके प्रहरीले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here