६ जेठ, नेपालगञ्ज । इलाका प्रहरी कार्यालय धनौली खजुरा बाँकेलाई कदर पत्र प्रदान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट तयार पारिएको उत्कृष्ट प्रहरी ईकाई छनौट सम्बन्धी मापदण्ड, २०८१ बमोजिम कार्य सम्पादन गरेको पाईएको हुँदा इलाका प्रहरी कार्यालय धनौली खजुरा बाँकेलाई कदर पत्र प्रदान गरिएको हो ।
साथै जिल्ला प्रहरी कार्यालय, बाँके मातहत प्रहरी कार्यालयबाट उपस्थित सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृतहरुलाई कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जनमैत्री प्रहरी सेवा प्रवाह र उत्कृष्ट कार्य सम्पादन गर्न नीति निर्देशन समेत दिइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।
यसबीच जिल्ला प्रहरी कार्यालय, बाँकेबाट परिचालित विशेष प्रहरीको टोलीले बाँकेको विभिन्न स्थानबाट ९ वटा विभिन्न कम्पनीका मोटरसाइकल बरामद गरेको छ।
मोटर साइकलसँगै बाँकेको खजुरा गापा ७ बस्ने बहुर वर्मा, सोही स्थान बस्ने फरिद दर्जी, उमेश वर्मा र राजन सोनीलाई पक्राउ गरिएको छ ।
जिल्ला अदालत बाँकेबाट ५ दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।