२५ पौष, नेपालगञ्ज । बाँके युनेस्को क्लबले कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा तालिममा सहभागि विपन्न, एकल र उत्पिडित महिलाहरुलाई सिलाई मेसिन सेटसहित विभिन्न औजारहरु वितरण गरिएको छ ।
दलित, मधेसी, मुस्लिम, जनजाति लगायतका अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको नेपाल एकीकृत विकास परियोजना दुई अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको थियो ।
तालिममा २३ जना अति विपन्न, एकल महिला र सामाजिक रुपमा उत्पीडित महिलाहरुको सहभागिता रहेको थियो ।
क्लबका वरिष्ठ उपाध्यक्ष पन्चम गुरुंगको अध्यक्षतामा सम्पन्न भएको तालिमको समापन समारोहमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, क्लबका अध्यक्ष रवि तुलाधर र कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले सहभागिहरुलाई मेसिन सहितका सामाग्री र प्रमाणपत्र वितरण गर्नुभयो ।
क्लबका अध्यक्ष तुलाधरका अनुसार तालिम अवधिमा प्रशिक्षार्थीहरूले सिलाई कटाई सिप सिकेका छन् भने उनिहरुले ब्लाउज, पेटीकोट, बाबा सुट, ट्राउजर, टोपी, एप्रन, सुलुवार, समिज, म्याक्सी र बेबी फ्रक जस्ता पहिरन सिलाउन सक्षम भएका छन् ।
क्लबका प्रमुख संरक्षक सिद्दिकीले सीमान्तकृत र खाँचोमा परेका महिलाहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बनाउन सिलाई कटाई तालिम प्रदान गरिएको बताउनुभयो ।
सो तालिमपछि सहभागिहरुले आफ्नो परिवारको आधारभूत आवश्यकताहरू पुरा गर्दै शिक्षा, स्वास्थ्य र उचित हेरचाह गर्न पनि सक्षम हुने क्लबले जनाएको छ ।
तालिमका सहभागिहरुले क्लबले सिलाई सिकाउनुका साथै रोजगारीका लागि मेसिन लगायत अन्य सामाग्री समेत दिएकोमा आफुहरु निकै उत्साहित भएको प्रतिक्रिया दिएका थिए ।
तालिम लिनुभएकी मन्तशा कुरेशीले भन्नुभयो–“यो तालिमले आफूमा आत्मनिर्भर बन्ने र समाजमा सम्मानजनक जीवन बिताउने नयाँ आशा र आत्मविश्वास जगाएको छ ।”
सो तालिमका मुख्य प्रशिक्षक आमिना हलवाई हुनुहुन्थ्यो भने सहयोगी सहायक सुमन चौधरी रहनु भएको थियो ।
तालिम समापन कार्यक्रमको संचालन कार्यक्रम संयोजक विनिता आरसीले गर्नुभएको थियो भने समापन समारोहलाई सफल बनाउन क्लबका अधिकृत नदीम शाहले सहयोग गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here