२९ असार, नेपालगञ्ज । एमनेष्टी इन्टरनेशनल नेपाल, समूह ६२ नेपालगञ्जको साधारण सभाले अषाढ २८ गते नयाँ कार्य समिति सर्व सम्मत रुपमा चयन गरेको छ ।
पंकज कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न साधारण सभामा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले द्वन्द्वको समयमा एमनेष्टी इन्टरनेशनल नेपालले द्वन्द्व पीडितहरुलाई समय समयमा पु¥याएको गोगदानको बारेमा चर्चा गर्दै नव गठित कार्य समितिलाई सफल कार्यकालको बधाई दिएका थिए ।
कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिका वडा नं.–४ का वडाध्यक्ष गोपाल पुन लगायतले आ–आफ्ना बिचार व्यक्त गरेका थिए । आर्थिक वर्ष २०८१÷०८२ को माथि योजना पेश गरिएको थियो सो माथि छलफल गरी सर्व सम्मति रुपमा पारित गरिएको थियो ।
कार्यक्रममा एमनेष्टी इन्टरनेशनल नेपाल केन्द्रिय सदस्य देवेन्द्र सिजुवाल, पूर्व संयोजक बिश्वजीत तिवारी, सुदिप भट्ट लगायतको उपस्थितमा नयाँ कार्य समितिको गठन गरिएको छ । अभिराज क्षेत्रीकोे संयोजकत्वमा नयाँ कार्य समिति सर्व सम्मतले चयन गरिएको छ ।
कार्य समितिको सह–संयोजकमा सूर्यलाल यादव, सचिव अनूप वर्मा, सह–सचिव शुभम् पाठक, कोषाध्यक्ष माया गुप्ता सर्व सम्मतलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा सन्तोषबाबु गुप्ता, प्रतिमा महत, प्रशान्त गिरी, मञ्जु आचार्यलाई सर्व सम्मतले चयन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here