२४ भाद्र, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बिदेशमा रहेका नेपालीहरुलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताउनुभएको छ ।
शुक्रबारदेखि काठमाण्डौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले गैरआवासीय नेपालीहरुलाई आर्थिक र साँस्कृतिक अधिकार सहितको नागरीकता प्रदान गर्ने तयारी भईरहेकाले आगामी दिनमा नेपाली राष्ट्रिय टिममा एनआरएनका खेलाडीहरु समावेश हुन सक्ने वातावरण बन्दै गएको बताउनुभएको हो ।
विविध कारणले विदेशी भुमीका रहेका नेपालीहरुबिच खेलकुदको माध्यमबाट आपसी सद्भाव र भाईचारा कायम गर्न प्रयास भईरहेको तथ्य प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताले पुष्टि गरेको उल्लेख गर्दै मन्त्री अथकले एनआरएनका नयाँ पुस्ताहरुलाई समेत खेलकुदका माध्यमबाट नेपालसँग जोड्ने अभियान सुरु गर्नुपर्ने बताउनुभयो ।
आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनलाई समेत समावेश गर्ने गरी प्रक्रिया अगाडी बढाइएकाले त्यसको सदुपयोग गर्न समेत मन्त्री अथकले आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here