डोटी । जनपदतर्फ प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा कृष्णपुर नगरपालिका–४ बस्ने २३ वर्षीय नरेन्द्र बहादुर धामीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको अन्तर्वाता परीक्षामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गर्दा धामीले लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको छ / रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here