३० चैत, नेपालगन्ज । उत्कृष्ट प्रहरी इकाईलाई कदर पत्र प्रदान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट तयार पारिएको उत्कृष्ट प्रहरी ईकाई छनौट सम्बन्धी मापदण्ड, २०८१ बमोजिम प्रहरी चौकी बेलभार बाँकेले (कार्यकालः– प्र.स.नि. प्रेम सिंह कठायत) उत्कृष्ट तवरले कार्य सम्पादन गरेको पाईएको हुँदा २०८१ फागुन महिनाको र अस्थाई प्रहरी पोष्ठ फत्तेपुर (ख) बाँकेले (कार्यकालः– प्र.स.नि. रेशम बहादुर खड्का) उत्कृष्ट तवरले कार्य सम्पादन गरेको पाईएको हुँदा २०८१ चैत्र महिनाको ‘उत्कृष्ट प्रहरी इकाई’ घोषणा गरी कदर पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।