३१ भाद्र, नेपालगञ्ज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैह वसल्लमको १४९९औं शुभजन्मोत्सव ईद–मिलाद्दुन्नबी अर्थात मोहम्मद डे सोमवार हर्षाेल्लासपूर्वक मनाइएको छ ।
यस अवसरमा सोमवार बिहान विभिन्न मस्जिद, मदरसामा अध्यनरत बालबालिका तथा इस्लाम धर्मावलम्बीहरु सम्मिलित झाँकी सहितको ¥यालीले नगर परिक्रमा गरेको थियो ।
¥याली समापनपछि नगरका विभिन्न मस्जिद, मदरसाहरुमा पैगम्बर मोहम्मदको जीवनीमाथि आधारित प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो ।
इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिनाको १२ तारिखका दिन (सन् ५७१ अप्रिल २२ मा) बुवा अब्दुल्लाह तथा आमा आमिनाको कोखबाट साउदी अरबको मक्का शहरमा भएको थियो यसै दिनको सम्झनामा विश्वभरका इस्लाम धर्मावलम्बीहरुले भव्यताका साथ विविध कार्यक्रम गरी हजरत मोहम्मदको शुभ जन्मोत्सव मनाउने गर्दछन् ।
¥यालीमा सरकार की आमद मरहबा, रसुल की आमद मरहबा, दिलदार की आमद मरहबा, लब चूम के बोलो मरहबा, दिल खोलकर बोलों मरहबा, मरहबा या मुस्तफा जस्ता नारा लगाइएको थियो ।
मोहम्मद डे शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन बाँके प्रशासनले सुरक्षाको कडा व्यवस्था मिलाएको थियो ।
मोहम्मद डे को शुभकामना आदान प्रदान गर्न विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा स्थानीय तहका जनप्रतिनिधिहरुको नगरको विभिन्न चोकमा उपस्थिति रहेको
थियो । ग्रामीण क्षेत्रका सर्वसाधारण पनि मोहम्मद डे मनाउन यहाँ भेला भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here