१० चैत्र, नेपालगञ्ज । इस्लाम धर्मावलम्बीहरुको एक महिने व्रतको महिना रमजान प्रारम्भ भएको छ ।
बिहीवार रमजानको चन्द्रमा देखेपछि रमजानको व्रत शुक्रवारदेखि प्रारम्भ भएको हो ।
यो एक महिने कठोर व्रत समाप्ति भएको खुशियालीमा ईद पर्व मनाइने गरिन्छ । इस्लाम धर्मावलम्बीहरुको धार्मिक ग्रन्थ कुरान यसै महिनामा अवतरण भयो र पथभ्रष्ट मानव समाजलाई बिहानी प्राप्त भयो । यसैकारण सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुका लागि यो महिना अति पावन रहेको छ ।
इस्लाम धर्मको पा“च प्रमुख स्तम्भ कलमा (मन्त्र), नमाज (प्रार्थना), जकात (दान), रमजान (व्रत) र हज (मक्काको धार्मिक यात्रा) हुन् । यी मध्यको रमजानलाई एक महत्वपूर्ण स्तम्भ मानिन्छ । यस महिनाभरि सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु रोजा (व्रत) बस्ने गर्दछन् । व्रत बस्दा कुनै आहार, पेय पदार्थ यहा“सम्म कि औषधि खानु, सुई लिनु पनि मनाही छ । रोजामा सूर्य उदय हुनु पूर्व सेहरी (बिहानीको खाना) खाइन्छ र बेलुका सुर्यास्तपछि इफ्तार (रोजा तोड्ने) गरिन्छ ।
इस्लामी कानूनले रोजाको ढा“चा र वाह्य स्वरुपमा यसलाई सीमित राखेन बरु वास्तविकतामा र सारतत्वमा पनि पूरा बल दिएको छ । यसले रोजेदार (व्रत बस्ने)का लागि केवल खानु, पिउनु र सहवासलाई अवैध घोषित गरेन बरु ती चिजहरुलाई पनि वर्जित गरेको छ जुन रोजाको उद्देश्य विपरित र त्यसको तत्वज्ञान र नैतिक फाइदाका लागि हानिकारक छ । यसले रोजालाई शिष्टाचार, अल्लाहस“ग प्रेम एवं संयमी दिल र वचनको पवित्रताको घेरामा घरेको छ ।
यस पवित्र महिनामा झूठो बोल्ने र त्यसलाई व्यवहारमा ल्याउने कार्य गर्नु हु“दैन । रमजान उपासना, कुरानको पाठ (तिलावत), अल्लाहको याद सहानुभूति र गरिबको समस्या बुझ्ने र मद्दत गर्ने पवित्र महिना हो । यस महिनामा धर्मको सम्मान, उपासनाका अभिलााषा तथा धर्मप्रति आस्था पूर्ण रुपमा प्रवाहित हुन्छ ।
रमजानको अन्तिम दिन चन्द्रमा देखिसकेपछि त्यसको भोलिपल्ट बिहानै चाडैं उठेर नुहाईधुवाइ नयाँ नयाँ लुगालगाइ मुस्लिम समुदायले एक विशेष नमाज पढ्नका लागि इदगाह, मस्जिद वा तोकिएको स्थानमा निर्धारित समयमा भेलाभई ईदको नमाज पढ्ने गर्छन् ।
नमाज पूरा हुनासाथ एकआपसमा अंगालो मारेर ईद मुबारक भनी खुसी आदानप्रदान गर्छन् । मिठामिठा परिकार बनाएर आफन्त, ईष्टमित्र, छरछिमेकी, गरिब,अनाथ, एकमहिला, अपांग, बेसहरा लगायतलाई बोलाएर खान दिने र आफूपनि खाने गर्छन् ।
रमजान ईस्लाम धर्मावलम्बीको पवित्र ग्रन्थ कुरआन अवतरण भएको महिना हो भने रमजान महिनामा बस्ने रोजा र कुरआनबीच घनिष्ठ सम्बन्ध रहेको छ । यो महिनामा बढी भन्दाबढी कुरआनको पाठ गरिन्छ । मानवजातिको मार्गदर्शन गर्दै सत्य र असत्यबीच अन्तर स्पष्ट गर्नका लागि अल्लाहले कुरआन हजरत मोहम्मदमाथि १७ अगस्त, सन ६१० बाट अवतरण हुन सुरु ग¥यो ।
परिस्थिति र जुन अन्तरवस्तुमा मार्गदर्शन र आदेशको आवश्यकता प¥यो त्यसैअनुरुप कुरआनको अवतरण प्रारम्भ भएको हो । यो सिलसिला मार्च, सन ६६२ सम्म रह्यो । कुरआनमा कुल ११४ सूरह (अध्याय ) र ६६६६ आयात (श्लोक) रहेका छन् ।
जीवनमा सफल हुनका लागि कर्म जरुरी छ । रोजा यस्तो कर्म हो, जो मनुष्यलाई लोक र परलोक दुवैमा सफलता प्राप्तिको मार्ग पनि हो । रोजाले मनुष्यका सबै ज्ञानेन्द्रीयहरुलाई कुकर्म गर्नबाट बचाउँदै सत्यतर्फ हिँड्न प्रेरित गर्दछ । यसैगरी रोजा उपासना, जनसेवा तथा मानव कल्याणको लागि पनि विशेष छ ।
रमजान प्रारम्भ भएपछि विभिन्न मस्जिदहरुमा व्रतालुहरुको घुइँचो बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here