२४ असार, नेपालगञ्ज । इस्लामिक नया“ वर्ष १४४६ सोमवारदेखि प्रारम्भ भएको छ ।
इस्लामिक नया“ वर्ष १४४६ लाई सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुले सोमवार स्वागत गरेका छन् ।
इस्लामी पात्रोलाई अरबी भाषामा हिजरी पात्रो पनि भनिन्छ । यो एक चन्द्र पात्रो
हो । यो मात्र मुस्लिम देशहरुमा प्रयोग हुन्छ तर यसलाई पूरा विश्वका मुस्लिमहरु इस्लामिक धार्मिक पर्वहरुलाई मनाउन र सही समय जान्नका लागि प्रयोग गर्दछन् ।
यो चन्द–पात्रो हो, जसमा वर्षमा बाह्र महिनाहरु हुन्छन् । इस्लामिक नयाँ वर्षको खुशियालीमा नेपालमा पनि विगत केही वर्षदेखि विशेष कार्यक्रम आयोजना हुने गरेको छ ।
धार्मिक र सामाजिक कार्यक्रम गरी नयाँ वर्ष स्वागत गरिँदै आइएको छ ।
यसबीच कर्बलाका शहीदहरुको सम्झनामा मनाइने इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रम पनि सोमवारदेखि शुरु भएको छ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका नाती हजरत इमाम हुसैन सहित उहाँका परिवार सदस्य आफन्त र उहाँका साथी लगायतकाहरुले शताब्दीयांै अघि ईराकको कर्बलामा शहादत प्राप्त गरेको स्मरणमा मोहर्रम पर्व मनाइ“दै आइएकोछ ।
यो पर्व लगातार दस दिनसम्म मनाइने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here