७ श्रावण, नेपालगञ्ज । प्रहरी नायब महानिरीक्षक(डिआइजी) कुबेर कडायतले व्यावसायिक, इमान्दार र सक्षम भइ जनताको सेवामा खट्न बाँके प्रहरीलाई निर्देशन दिएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले सोमबार यस्तो निर्देशन दिएका हुन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कडायत सोमबार निरीक्षण भ्रमणको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा आएका लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) कडायतले कार्यालयको निरीक्षण गर्नुका साथै कार्यालय तथा मातहत समेतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्रहरी व्यवसायिक, इमान्दार, सक्षम र सकारात्मक भई जनताको सेवामा अहोरात्र खटिई कामकारबाही गर्न निर्देशन दिएका हुन् ।
उनले समग्र जिल्लाको शान्ति, सुरक्षा, अपराध लगायत प्रहरीको काम कारबाही तथा समस्या र चुनौतीका बारेमा जानकारी लिएका थिए । उनलाई बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले ब्रिफिङ गरेका थिए । सो क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेबाट सुरुवात गरिएको उत्कृष्ट प्रहरी ईकाई छनोट सम्बन्धी मापदण्ड, २०८१ बमोजिम तुलनात्मक रुपमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी इकाई वडा प्रहरी कार्यालय नेपालगञ्ज बाँकेलाई कदर पत्र प्रदान गरिएको थियो । निरीक्षण भ्रमणको सिलसिलामा बाँके आइपुगेका लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी कुबेर कडायतलाई बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले स्वागत गरेका थिए । सो क्रममा जिल्ला प्रहरी मातहतका ईन्चार्ज, प्रहरी अधिकृत, जुनियर प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here