२७ पुस, नेपालगन्ज । डिष्ट्रिक मजिष्ट्रेट अफिस बहराइचको आयोजनामा भारतको रुपैडिहामा संयुक्त जाँच चौकीस्थित इण्डो–नेपाल बोर्डर कोअर्डिनेशन मिटिङ्ग शनिवार सम्पन्न भएको छ ।
कार्यक्रममा निकट भबिष्यमा हुन गईरहेको महाकुम्भ मेला र भारतिय गणतन्त्र दिवसको अवसरमा हुने कार्यक्रमको सुरक्षा व्यवस्था, समन्वय तथा लागू औषध ओसारपसार, मानव बेचबिखन, बन्यजन्तु र बन पैदावर चोरी तस्करी लगायतका सिमा अपराध निराकरण तथा रोकथामका बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
उक्त कार्यक्रममा नेपालको तर्फबाट बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र भारतको तर्फबाट बहराईच जिल्लाको प्रमुख जिल्ला अधिकारी, भन्सार कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, सडक कार्यालय, यातायात कार्यालय, वन कार्यालयका प्रमुख लगायत अन्य सरकारी कार्यालयका प्रमुख एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा बहराईच जिल्लाको डिष्ट्रिक मजिष्ट्रेटको धन्यवाद मन्तव्य पश्चात मायाको चिनो आदान प्रदान गरि कार्यक्रम समापन गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here