२१ असार, नेपालगञ्ज । पत्रकार गुरुमुरत यादवलाई मातृशोक परेको छ ।
अवधी पत्रकार संघ नेपालका केन्द्रीय महासचिव पत्रकार यादवको ममतामयी आमा चमेला यादवको ९० वर्षको उमेरमा निधन भएको छ ।
केहीदिनदेखि अस्वस्थ भएपछि नेपालगन्ज नर्सिङ्गहोममा उपचार गराई घर फर्किएपछि बुधबार राती उनको निधन भएको हो । बाँके नरैनापुर–५ जमुनाह घरमा राती निधन भएको संघका महासचिव यादवले बताए । उनको विहीबार हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ ।
यसैविच अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिका महासचिव यादवको आमाको निधनप्रति स्तब्ध हुँदै हार्दिक समवेदना प्रकट गरेको छ । संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले बिहीवार जारी गरेको शोक बक्तव्यमार्फत दुःखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै संघले स्वर्गीय यादवप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here