१५ असोज, नेपालगञ्ज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपालगञ्ज उमनपा वडा नं. ११ मा रहेको श्री सरस्वती मा.बि. मा वडा प्रहरी कार्यालय नेपालगञ्जको आयोजना र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको सहकार्यमा कक्षा ११ र १२ मा अध्ययनरत छात्रा, शिक्षक र शिक्षिकाहरुलाई आत्महत्या रोकथाम सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटि गएका प्र.स.नि.हिक्मतराज रेग्मीले आत्महत्या रोकथाम सम्बन्धी प्रशिक्षण प्रदान गर्नुका साथै जनचेतनामूलक पर्चा, पम्लेट पनि वितरण गरिीएको थियो । उक्त कार्यक्रममा करिब ८५ जनाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here