१६ मंसिर, नेपालगञ्ज । विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजन गरि आज ३७औं विश्व एड्स दिवस मनाइँदै छ ।
एड्सको महामारीलाई अन्त हुन नदिने असमानताहरूलाई अन्त गर्न जरुरी छ र हामी तिनी असमानताहरूलाई सामना गर्न सक्छौँ भन्ने विश्वास हामी सबैमा आवश्यक छ । यो विश्व एड्स दिवस, १ डिसेम्बरमा यूएनएड्सले हामी सबैलाई असमानताहरूलाई सम्बोधन गर्दै एड्सलाई रोक्न आग्रह गरेको छ ।
एचआईभी प्रतिक्रिया र विश्वव्यापी स्वास्थ्यलाई आकार दिन समुदायहरूले पारेको महत्वपूर्ण प्रभावलाई प्रकाश पार्दै विश्व एड्स दिवस २०२४ को नारा अधिकारको बाटो लिनुहोस्, मेरो स्वास्थ्य, मेरो अधिकार भन्ने अर्थ लाग्दछ ।
विश्व एड्स दिवसले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजनन अधिकार एवं प्रजनन स्वास्थ्यका कुराहरू खुलेर गर्न आव्हान गर्दछ, रातो रिबन राखिएको विभिन्न ब्यानरहरू, चिह्नहरू अनि प्रवर्द्धनात्मक साम्रगीहरु बोकेर विभिन्न ¥याली, भेला, गोष्ठीहरू आयोजना गर्दै एचआइभी एड्सका बारेमा जनचेतना फैलाइन्छ ।
एचआइभी र एड्स दुइटा भिन्न कुराहरू हुन्, एचआइभी एउटा भाइरस हो जसको कारणले एड्सको अवस्थामा पु¥याउँदछ । एचआइभीलाई अहिले संसार भरिनै एउटा रोग भन्दा पनि सङ्क्रमणका रूपमा हेरिन्छ ।
हरेक एचआइभी सङ्क्रमितहरू एड्स लागेका होइनन् । आजभोलि विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआइभी सङ्क्रमितहरू अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेका छन् ।
एचआइभी सङ्क्रमितसँग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआइभी सर्छ भन्ने गफ केवल भ्रम हो । सङ्क्रमित रक्त दान अथवा ग्रहण गरिएमा, सङ्क्रमितले प्रयोग गरेको सुई जन्य छाला छेड्ने औजार प्रयोग गरेमा र सङ्क्रमित आमाबाट जन्मने बच्चाहरूमा मात्र यसको सङ्क्रमण सम्भावना रहन्छ ।
नेपालमा एचआइभी को प्रथम सङ्क्रमण सन् १९८८ मा देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here