२० वैशाख, नेपालगन्ज । विभिन्न कार्यक्रमको आयोजन गरि आज ३२औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ ।
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को मुख्य कार्यक्रम “नयाँ साहसी संसारमा रिपोर्टिङः प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव“ भन्ने शीर्षकमा २०२५ मे ७ मा बेल्जियमको ब्रसेल्सस्थित बोजार द्ययशबच कला केन्द्रमा आयोजना हुने छ । यस कार्यक्रममा पत्रकारिता, मिडिया, र मानव अधिकारमा कृत्रिम बुद्धिमत्ताको गहिरो प्रभावबारे छलफल गरिनेछ ।
हरेक वर्ष मे ३ तारिख विश्वभर प्रेस स्वतन्त्रताको मूल्याङ्कन गर्न, सञ्चारमाध्यमलाई आफ्नो स्वतन्त्रतामाथिको आक्रमणबाट जोगाउन र आफ्नो पत्रकारिताको अभ्यासमा ज्यान गुमाएका पत्रकारहरूलाई श्रद्धाञ्जली दिन यो दिवस मनाइने गरिएको छ ।
सन् १९९१ मा युनेस्कोको साधारण सम्मेलनको छब्बीसौं सत्रमा अनुमोदन गरिएको सिफारिसपछि सन् १९९३ मा संयुक्त राष्ट्र संघको महासभाले विश्व प्रेस स्वतन्त्रता दिवसको घोषणा गरेको थियो । यो सन् १९९१ मा ऐतिहासिक विन्डहोक घोषणा गर्ने अफ्रिकी पत्रकारहरूको आह्वानको प्रतिध्वनि स्वरूप मनाइने दिवस पनि हो ।
सन् २०२५ को विश्व प्रेस स्वतन्त्रता दिवस मा यूनेस्कोले संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा एक विशेष वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दैछ ।
वर्ष २०२५ को मे ३ मा संयुक्त राष्ट्र महासभाले प्रेस स्वतन्त्रताको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको ३२ वर्ष पूरा हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here