२३ वैशाख, नेपालगन्ज । राष्ट्रिय विभूति सीताप्रति श्रद्धाभक्ति प्रकट गरि आज सीता उत्पत्ति दिवस मनाइँदैछ ।
त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवम् पुराणमा वर्णन गरिएको छ ।
सीतालाई सत्यवती, पतिव्रता एवम् आदर्श नारीका रूपमा सम्मान गरिन्छ । सांस्कृतिक, धार्मिक एवम् प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले राष्ट्रिय विभूतिका रूपमा सम्मान दिएको छ ।
सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग सीताको विवाह भएको थियो । पितृ आज्ञा पालना गर्न राम वनबास जाँदा सँगै गएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको कथा पुराणमा उल्लेख गरिएको छ ।
आदर्श नारी सीताको जन्मदिनको स्मरणमा जनकपुरधाममा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ ।







