३ जेठ, नेपालगञ्ज । विभिन्न कार्यक्रमको आयोजन गरि आज विश्व उच्च रक्तचाप दिवस मनाइँदैछ ।
उच्च रक्तचापलाई ‘हाइपरटेन्सन’ पनि भनिन्छ । सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो । बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, ब्यस्त जीवनशैली अनि चाहनाहरूको गुणन गर्ने र नचाहिँदो सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले मानिसलाई ‘हाइपरटेन्सीभ’ बनाउँदैछ । हामीसबै सतर्क हुन जरुरी छ । हामी सबै ‘हाइपरटेन्सन’कै जोखिममा छौं ।
‘हाइपर–टेन्सन’ आधुनिक समाजको मौन तर डरलाग्दो स्वास्थ्य समस्या हो । ध्यान पु¥याउन जरुरी छ । पाउने र गुमाउने होडबाजीमा जीवन बाँच्न बिर्सिएका यी पुस्ताहरूमा शान्ति अनि समानताको एउटा मोडको खाँचो छ । ‘ब्लडप्रेशर’लाई ठीक ठाउँमा राख्न जरुरी छ । सामान्यतया माथिल्लो ‘प्रेशर’ अर्थात् ‘सिस्टोलिक’ १२० र तल्लो ‘डायस्टोलिक’ ८० हुने गर्छ ।
आजको दिन थोरै समय निकालेर एकफेर ‘ब्लडप्रेशर’ जचाउने पो हो कि । स्मरणरहोस्, हृदय रोगका कारक तत्वहरूमा रक्तचाप उच्च हुनु महत्वपूर्ण र भयानक कारण मानिन्छ । यसका कारण मृगौलाका रोगहरू, थाइरायडका समस्या अनि विभिन्न नशाजन्य रोगहरू पनि लाग्छन् ।
ओखतीको सेवन र डाक्टर कहाँ वर्षभरि धाउनुको साटो समय समयमा आफै शरीरलाई जाँच गराउन ठीक हुन्छ । यसतर्फ हामी सचेत हुन जरुरी छ ।
धुम्रपान, मद्यपानबाट टाढा रहनु अत्यन्त राम्रो हो । तथापि त्यसबाट पूरै टाढा बस्न नसकेको खण्डमा कम प्रयोग गर्नुपर्छ । दैनिक ब्यायाम गर्ने अनि खेलकुदमा आफूलाई संलग्न गराउने गरेमा हामी धेरै रोगहरूवाट मुक्त हुन सक्दछौ ।
दैनिक ब्यायामहरूले थकान महसु्स गराएर निन्द्रा पर्ने हुन्छ, । रात्रि सिफ्ट कार्य गर्ने र रात्रिकालीन समयमा धेरै बेर बस्ने मानिसहरूमा ‘हाइपरटेन्सन’को सम्भावना धेरै हुन्छ ।
यस्तै विश्व दूरसञ्चार र सूचना समाज दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले दिवसका अवसरमा आज सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तक्र्रियालगायत कार्यक्रम गर्न लागेको जानकारी दिएका छन् ।
विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि प्रत्येक वर्ष मनाइँदै आएको छ । दूरसञ्चारको विकासँगै आधुनिक युगमा फोन, मोबाइल र इन्टरनेट नागरिकको पहिलो आवश्यकता भएको छ । यो बिना जीवन कल्पना गर्न गाह्रो भएको छ ।
‘सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तिकरण’ नारासहित मनाइने दूरसञ्चार दिवसले सबै नागरिकलाई प्रविधिसँग जोडिने अवसर प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here