२० माघ, नेपालञ्ज । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज शुक्रबार दर्शकलाई नचाउन ख्याती प्राप्त कलाकार गायक पुस्कल शर्मा आउने भएका छन ।

नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज शुक्रबार गायक शर्मा, गायिका उमादेवी खनाल, डान्सर अस्मिता कार्की, गायिका सिता राना, डान्सर बबिता धितालको बेजोड प्रस्तुति रह्ने प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।

उनका अनुसार शुक्रबार महोत्सवमा स्थानिय कलाकार गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ भने कार्यक्रमको उद्घोषक कोष खड्का, उद्घोषिका प्रेरणा गिरीले संचालन गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here