२१ माघ, नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवमा आज शनिवार दर्शकलाई नचाउन र भरपुर मनोरञ्जन गराउन ख्याती प्राप्त गायक, गायिका, बाल गायक र हाँस्य कलाकार आउने भएका छन ।

नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज ख्याती प्राप्त गायक रमेशराज भट्टराई, गायिका प्रिती आले, बाल गायक सुप्रिम मल्ल, डान्सर टिका जैसी, डान्सर अस्मिता कार्की, हाँस्य कलाकार भुवनेश्वर अधिकारीको बेजोड प्रस्तुति रह्ने प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा स्थानिय कलाकार गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ भने कार्यक्रमको उद्घोषक कोष खड्का, उद्घोषिका प्रेरणा गिरीले गर्नेछन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा अझै ३ दिन सम्म जारी रह्ने महोत्सवमा शुक्रबार लोकगायक पुस्कल शर्मा, गायिका सिता राना, गायिका उमादेवी खनाल, डान्सर अस्मिता कार्की, डान्सर बबिता धितालले भरपुर मनोरञ्जन दिएका थिए ।

एस एम कला केन्द्र ग्रुरुपको समेत प्रस्तुति रह्नेछ भने लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता पनि भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here