२० पौष, नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा रहेको आईएनएफ नेपाल शाइनिङ्ग अस्पतालले सामाजिक लेखा परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बुधवार सम्पन्न गरेका छ ।
आईएनएफ नेपाल शाइनिङ्ग अस्पताल तथा सामुदायिक परियोजना बाँकेको आयोजनामा जिल्ला समन्वय समिति बाँकेको समन्वयमा सामाजिक लेखा परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको हो ।
बाँकेको जानकी गाउँपालिका वार्ड नं.–३ मानपुर स्थित रहेको आईएनएफ नेपाल बाँके शाखा अन्र्तगत रहेका शाईनिङ्ग अस्पताल बाँके र सामुदायिक परियोजना कार्यक्रमहरुले आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालन गरेका कार्यक्रमहरुको सामाजिक परिक्षण तथा जिल्ला स्तरिय गरिएको आफना कार्यक्रमहरुको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा साईनिङ्ग अस्पतालका प्रमुख मंगल बहादुर थारुले अस्पतालले गरेका कार्यक्रम र गतिबिधिहरु तथा त्यसका लक्ष्य र हासिल गरेका उपलब्धिहरु प्रस्तुत गर्नुभएको थियो । थारुले वर्षभरिमा साईनिङ्ग अस्पतालबाट १५,५८२ जना र समुदाय स्तरमा गरिएको स्वास्थ्य शिविरमा ९४८ जना गरी जम्मा १६,५३० जना सेवाग्राहीले उपचार पाएको कुरा बताउनु भएको थियो । यसैगरी यस साईनिङ्ग अस्पतालबाट यस आर्थिक वर्षमा १ सय ५७ जना विभिन्न जिल्लाका नयाँ कुष्ठरोगी बिरामीहरुको निदान भएको छ, जस मध्ये बाँके जिल्लाका ६१ जना, बर्दिया जिल्लाका ४९ जना सुदूरपश्चिम प्रदेशका ११ जना, भारतका विभन्न स्थानबाट १९ जना र बाँकी अन्य विभिन्न जिल्ला, कर्णाली प्रदेश लगायतका ठाउँबाट आएका बिरामीहरुले निदान भएको जानकारी गराउनु भएको थियो ।
यसरी कार्यक्रममा बाँके र बर्दिया जिल्लाका सर्वाधिक संख्यामा कुष्ठरोगीको संख्या भएको कुरा जानकारी गराईएको थियो । यसै आर्थिक वर्षमा बाँके र बर्दिया जिल्लाका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयमंसेविका, स्कूल, विभिन्न धार्मिक अगुवाहरु र पत्रकारहरुलाई पनि तालिम तथा अभिमुखीकरण गराईएको जानकारी गराउनु भएको थियो ।
यसैगरी यस आर्थिक वर्षमा २ करोड ७४ लाख कुल खर्च बजेट भएको र करीब १४ लाख बराबरको औषधि उपचार निःशुल्क रुपमा बिरामीहरुलाई उपलब्ध गराएको जानकारी दिनुभएको थियो । कार्यक्रमकै सिलसिलामा मंगल बहादुर थारुले आर्थिक वर्ष २०७९÷८० को कार्यक्रमहरु र बजेट प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक बिदा बाहेक ६ दिन काम हुने गर्छ बताउनु भयो ।
यसैगरी परियोजना संयोजक अभिषेक बिकले आईएनएफ नेपाल बाँके शाखाद्वारा सञ्चालित समुदाय विकास अन्तर्गत नेपालगंज उप– महानगरपालिका वार्ड नं–. ६, ९ र १३, तथा जानकी गाउँपालिका वार्ड नं.– १, ४ र ६ मा ‘मानव बेचबिखन तथा हिंसा अन्त्यका लागी समुदायमा हाम्रो प्रयास (एक्टिभ) परियोजना’को बारेमा प्रगति प्रस्तुतीकरण गर्नुभएको थियो । यस परियोजनाद्वारा मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्य गर्नका लागी समुदायमा जम्मा ६० वटा स्वावलम्बन समूहहरु गठन गरी कार्य सञ्चालन गर्दै आई रहेको छ । दुबै पालिकामा ६० वटा समूह गठन भई नियमित रुपले सञ्चालन भईरहेका छन् । आ व २०७८÷७९ मा यस परियोजनाले जम्मा ३,३३२ जना सेवाग्राहीहरुले सेवा प्राप्त गर्न सफल भएका छन । जस मध्ये पुरुषको संख्या ५ सय २२, महिलाको संख्या २, ६ सय ११, किशोरको संख्या ९२ र किशोरीको संख्या २७, पुरुष अपाङ्गता १२ र महिला अपाङ्गता भएका ६८ जना गरी जम्मा ३ हजार ३ सय ३२ जना लाभान्भित भएका छन । जम्मा २९ जना सेवाग्राहीहरुले आय आर्जनका निम्ति सहयोग पाउन सफल भएका छन । २० जना सेवाग्राहीहरुले सिपमुलक तालिम प्राप्त गरेका छन । यो परियोजनाको आ ब २०७८÷७९ जम्मा बजेट रकम रु ७,८७२,७८८ रहेको थियो । सो कायक्रममा जिल्ला समन्वय समिति बाँकेका उप– प्रमुख सीता कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार भेषराज बस्नेतले गर्नुभएको थियो सो कार्यक्रममा भेरी अस्पताल नेपालगन्जका प्रमुख कृष्ण आचार्य,स्वास्थय कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, गैर सरकारी संस्था बाँकेका अध्यक्ष नमस्कार शाह, नेपालगन्ज वार्ड नं.–९ का वडाध्यक्ष गोबिन्द प्रसाद रेग्मी, नेपालगन्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले परियोजनाले गरेको कार्यहरुको बारेमा सुझाव सल्लाह दिनुभएको थियो ।
यसरी सो कार्यक्रममा जानकी गाउँपालिका वडा नं.–१ का वडाध्यक्ष मोहम्मद रजा राई, अध्यक्ष, वडा नंं.–३ का वडाध्यक्ष वडा नं.–४ का वडाध्यक्ष रमेश कुमार वर्मा, वडा नं.–६ का वडाध्यक्ष जगदीश प्रसाद हरिजन, नेपालगन्ज उप–महानगरपालिका वाड नं.– ६ का वडाध्यक्ष समीर प्रताप सिंह, वडा नं.–१३ का वडाध्यक्ष सुरेश सिंह ठाकुर, वडा नं.–९ का वडाध्यक्ष गोबिन्द प्रसाद रेग्मी, नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना, गैर सरकारी संस्था तथा अन्य सघं संस्थाका प्रमुख तथा प्रतिनिधि, शाईनिङ्ग अस्पतालका लैंगिक अधिकृत शकुन्तला सुवेदी, नरेन्द्र बहादुर साउद, याम बहादुर खत्री, अविशेक बिक, दिपक कुमार थारु, लोकेन्द्र बहादुर रोका क्षेत्री, सावित्री बिक तथा सामुदायिक परियोजनाका सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here