कमल पाेखरीकाे अग्रवाल भवनमा हिन्दु स्वयंसेवक संघले संचालन गरेकाे आइसोलेसन केन्द्रमा बस्ने विरामिलाई खाना खाजा निशुल्क रूपका प्रदान गरिएको छ ।
सेवा नै परम धर्म भन्ने भावले सुरू गरेकाे आइसोलेसन केन्द्रले सम्पूर्ण सेवाहरू निशुल्क रूपमा प्रदान गर्दै आईरहेकाे छ ।
विश्वव्यापि रूपमा फैलिएको काेराेना महामारीको दाेश्राे भेरियन्ट नेपालमा पनि तिव्र रूपमा फैलिरहेकाे छ । यसले गर्दा अहिले नेपालमा ५ लाख भन्दा बढि सङक्रमण फैलिरहेकाे समयमा देश भर अपस्तालमा वेडकाे अभाव भईरहेकाे छ । त्यसैलाई मध्यनजर गर्दै हिन्दु स्वयंसेवक संघ, सेवा इन्टरनेशनल लगायत अन्य संस्थाहरूले मिलेर काठमाडौंकाे कमलपाेखरीमा रहेकाे अग्रवान भवनमा ८८ वेडकाे आईसोलेसन सेन्टर संचालनमा ल्याएका थिए ।
उक्त आइसोलेसनमा बस्ने काेराेना संक्रमित विरामिलाई संघले निशुल्क रूपमा खना, खाजा उपलब्ध गराउदै आइरहेकाे छ । साथै उक्त केन्द्रमा विरामिलाई आवश्यक पर्ने सम्पुर्ण सामानहरू,साबुन,सरफ, टावेल, ब्रस, मन्जन लगायत व्यत्तिगत प्रयाेजनका सामानहरू ,समय समयमा विरामिकाे स्वास्थ्य परिक्षण , साथै सेडुलमा खाना खाजाकाे उचित व्यवस्थापन पनि गरिएको त्यहाँ बस्ने एक विरामीले बताएका छन् ।
जेष्ठ ३ गते बाट एक औपचारिक कार्यक्रम गरेर संचालन गरिएको आइसोलेसनन केन्द्रमा हाल ४ जना विरामसले सेवा लिई रहेका छन् । भने त्यहाँ केहि काेराेना उपचारमा खटिएका डाक्टर र नर्सहरूलाई पनि बस्नकाे लागि उचित व्यवस्थापन गरिएको छ ।