काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना भाइरसको महामारीको स्थिति सामान्य नभएसम्म वैकल्पिक विधिबाट शैक्षिक कार्यक्रमहरु अगाडि बढाउन निर्देशन दिनुभएको छ ।

शिक्षा मन्त्रालयमा भएको शैक्षिक क्षेत्रका समसामयिक विषयको समिक्षा बैठकमा शिक्षामन्त्री श्रेष्ठले बिद्यालयमा भौतिक उपस्थिति गराउन जोखिम भएपनि बैकल्पिक विधिबाट शैक्षिक कार्यक्रम अघि बढाउन उहाँको निर्देशन थियो ।

बैठकमा शिक्षा मन्त्रालयका साथै शिक्षा तथा मानवस्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड र जनक शिक्षा सामग्री केन्द्रका अधिकारीहरु सहभागी थिए।

बैठकमा एसईई परीक्षाको सम्बन्धमा मन्त्रिपरिषद्‌को निर्णय कार्यान्वयनका लागि भइरहेको तयारीका विषयमा पनि छलफल भएको थियो।

असार १ गतेदेखि सुरु हुने शैक्षिक सत्रमा विद्यार्थीको भर्ना, पाठ्यपुस्तकको सहज वितरण, बालबालिकाहरुको सिकाईलाई वैकल्पिक माध्यमबाट निरन्तरता दिने, शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई खोप उपलब्ध गराउन पहल गर्ने लगायतका विषयमा बैठकमा छलफल भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here