५ कार्तिक, नेपालगञ्ज । बाँके प्रहरीले अवैध भन्सार छलीको सामान बरामद गरेको छ ।
नेपालगञ्ज उमनपा वडा नं. २ घरवारी टोल स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको करिव २ लाख ६९ हजार ४ सय ५० बराबरको कटन र उलनको कुर्ता सुरुवाल, स्वेटर सोमवार बरामद गरिएको हो ।
यस्तै ढुवानीमा प्रयोग गरिएको करिब ६ लाख ५० हजार मूल्य बराबरको गाडी गरी जम्मा ९ लाख १९ हजार ४ सय ५० बराबरको लत्ताकपडा, गाडी र ढुवानीमा संलग्न दुई जना मानिस सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here