१६ भाद्र, नेपालगञ्ज । बाँके प्रहरीले अवैध भन्सार छलीको सामान बरामद गरेको छ ।
ने.गं.उ.म.न.पा.२३ र जानकी गा.पा. ३ स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी ल्याएको एम.सी.बि. केपलर, लत्ताकपडा र ढुवानीमा प्रयोग भएको साधन सहित आइतवार बरामद गरिएको हो ।
करिब ५ लाख ४९ हजार ३९५ बराबरको सामान फेला पारी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here