६ श्रावण, नेपालगञ्ज । प्रहरीले अवैध भन्सार छलिको सामान र ब्रोईलर कुखुराको चल्ला शुक्रवार बरामद गरेको छ ।
नेपालगञ्ज उ.म.न.पा.१ र १६ स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी ल्याएको करिब १ लाख ७८ हजार ९ सय ३० मूल्य बराबरको चिनी, तेल, डाल्डा, कुर्ती तथा आइतवार नेपालगञ्ज उ.म.न.पा.१३ स्थित भारतबाट ल्याउँदै गरेको करिब १ लाख ६० हजार मूल्य बराबरको अबैध ब्रोईलर कुखुराको चल्ला १,६०० वटा गरि अन्दाजी जम्मा मूल्य ३ लाख ३८ हजार ९ सय ३० रुपैयाँ बराबरको सामान र चल्ला फेला पारिएको हो ।
ती सामान र चल्लाहरु नियन्त्रणमा लिई थप कारवाहीका लागि पशु क्वारेन्टाईन नेपालगञ्ज बाँके र भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here