६ असार, नेपालगञ्ज । प्रहरीले अवैध भन्सार छलिको सामान बिहीवार बरामद गरेको छ ।
नेपालगञ्ज उ.म.न.पा.१० स्थित जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको लेडिज कुर्ता सुरवाल, चिनी, स्टेप्लाईजर, सुर्ती लगायतका सामान बरामद गरिएको हो ।
करिब ५८ हजार २ सय मूल्य बराबरको सामान फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here