१ कार्तिक, नेपालगञ्ज । प्रहरीले अवैध भन्सार छलिको सामान बरामद गरेको छ ।
गत सोमवार साँझ करिब ६ बजेको समयमा नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १ राना चोक नजिक भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएका बेवारिसे अवस्थामा रहेका ती सामानहरु बरामद गरिएको हो ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय, नेपालगञ्जबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुगी बेवारिसे अवस्थामा रहेका बावर्ची चामलः ७१ बोरा (२६ के.जि.प्रति बोरा) रु. १ लाख ४२ हजार र चिनीः १४ बोरा (५० के.जि.प्रति बोरा) रु.७० हजार गरी अन्दाजी जम्मा बजार मूल्य रु. २ लाख १२ हजारको खाद्यान्न सामाग्रीहरु बरामद गरी मंगलवार आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।