११ श्रावण, नेपालगञ्ज । बाँके प्रहरीले ६ लाख बढिको अवैध भन्सार छलिको सामान बरामद गरेको छ ।
बिहीवार राती करिब ९ बजेर १५ मिनेटको समयमा नेपालगञ्ज उ.म.न.पा.२ बागेश्वरी मन्दिर स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको सामान प्रहरीले बरामद गरेको हो ।
करिब ६ लाख ५७ हजार ५० रुपैयाँ मूल्य बराबरको बच्चाको सुट, टिसर्ट, काँचो कपडा फेला पारी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।