२० जेठ, नेपालगन्ज । भारतबाट अवैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याई बेवारिसे अवस्थामा राखिएको चिनी तथा सुपर पावर सुर्ती प्रहरीले बरामद गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा नं.१० गोसाईगाउ स्थित वडा प्रहरी कार्यालय, नेपालन्जबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याई बेवारिसे अवस्थामा राखिएको चिनी ५८५ के.जी. र सुपर पावर सुर्ती १४० पोका सोमवार बरामद गरेको हो । करिब ६१ हजार ९ सय ५० मूल्य बराबरको सामान फेला पारी आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाइएको वडा प्रहरी कार्यालय, नेपालन्जले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here