४ असार, नेपालगन्ज । कर्बलाका शहीदहरुको सम्झनामा मनाइने इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रमको अवसरमा प्रदर्शन गरिने विभिन्न खेलहरुको अभ्यास प्रारम्भ भएको छ ।
अली स्पोर्ट क्लबका अध्यक्ष समिर अलीले क्लबका खेलाडीहरुद्वारा मोहर्रम पर्वको अवसरमा प्रदर्शन गरिने लठ्ठी लगायत अन्य कलाहरुको अभ्यास बुधवारदेखि प्रारम्भ भएको बताए ।
लठ्ठी लगायत विभिन्न खेलहरुको अभ्यासको उद्घाटन बुधवार गरिएको छ ।
नेपालगन्ज वडा नं. ४ स्थित कब्रस्तान पछाडिको मैदानमा खेलहरुको अभ्यास भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here