३० फागुन, नेपालगञ्ज । अबैध रुपमा लैजाँदै गरेको बाख्रा प्रहरीले बरामद गरेको छ ।
नेपालगञ्ज उ.म.न.पा. १५ जमुनाह गाउँ स्थित अबैध रुपमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा मंगलवार ७ जिउ बाख्रा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले फेला पारेको हो ।
आवश्यक कारवाहीको लागि ती बाख्रा नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here