१० श्रावण, नेपालगञ्ज । बाँके प्रहरीले अबैध भन्सार छलिको सामान बरामद गरेकोछ ।
बाँकेको जानकी गा.पा.१ पचपोखरा स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको कुर्ता सुरुवाल, सुर्ति, दुधको पाउडर, मोबिल आदि बिहीवार बरामद गरिएको हो ।
करिब १ लाख १७ हजार ९ सय ७४ रुपैयाँ बराबरको सामान फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।