१६ फागुन, नेपालगञ्ज । वडा प्रहरी कार्यालय नेपालगञ्जले मंगलवार भन्सार छलिको सामान बरामद गरेको छ ।
नेपालगञ्ज उप–महानरपालिका वडा नं.१० गणेशमान चोक स्थितमा अबैधरुपमा भारतबाट भन्सार छली गरी ल्याई बेवारिसे अवस्थामा रहेको खजुरी जम्मा प्याकेट १३४ वटा अन्दाजी ६१ हजार ५ सय ५० मूल्य बराबरको सामान बरामद गरेको हो ।
बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here