१२ जेठ, नेपालगन्ज । अपराध अनुसन्धान शाखा, हिरासत कक्ष, कारागार तथा बाल सुधार गृहको निरीक्षण तथा अनुगमन गरिएको छ ।
महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ, काठमाण्डौबाट आएका सह न्यायाधिवक्ता सन्देश श्रेष्ठ, सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता देवराज भारती लगायतको टोलीद्वारा सोमवार जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको हिरासत कक्ष, अपराध अनुसन्धान शाखा साथै कारागार कार्यालय नेपालगन्ज । नौबस्ता र बाल सुधार गृह हिरमिनिया । नौबस्ता बाँकेको समेत निरीक्षण तथा अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ ।








