२७ श्रावण, नेपालगञ्ज । विभिन्न कार्यक्रमको आयोजन गरि आज संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।
व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।
यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नव प्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।
यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘युवाहरूलाई हरित सीपहरू दिएर दिगो विकासको पैरवी’ रहेको छ ।
नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ ।
युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here