भेरी प्रादेशिक अस्पतालको प्रांगणमा सञ्चालित अन्जनी माता रसोइले स्थानीय निर्वाचन–२०७९ मा नवनिर्वाचित स्थानीय जनप्रतिनिधिको स्वागत तथा अभिनन्दन गरेको छ ।
बिहिवार अन्जनी माता रसोइले भेरी प्रादेशिक अस्पतालको प्रांगणमा आयोजित गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्टले भने, अन्जनी माता रसोइले कोभिडको संक्रमणको समय जुन प्रकारले सर्वसाधारणलाई २० रुपियाँमा खाना खुवायो यसको प्रशंसा यहाँ मात्र होइन देश विदेशसम्म भएको छ । यसको पहिचान यहिंसम्म छैन बरु देश विदेशसम्म भएको छ । यसलाई उमनपाले जति सहयोग दिँदै आएको थियो अब दोब्बर आर्थिक सहयोग उपलब्ध गराउने वचनबद्धता प्रकट गर्दछु । अन्जनी माता रसोइबाट २४–२५ वटा जिल्लाका व्यक्तिले प्रत्यक्ष रुपले लाभ लिएका छन् अब कसैलाई भोकै पेट बस्न नपरोस् यहि यसको उद्देश्य रहेको छ ।’
त्यस्तै नवनिर्वाचित नगर उपप्रमुख कमरुद्दीन राईले भने, उमनपाले रसोइलाई जति सहयोग गरेको छ त्यो अपुग छ यसलाई सहयोगी दाताले अझ सहयोग पु¥याउनुपर्ने आव्हान गर्दै उनले प्रत्येक वडा समितिले ५०÷५० हजार रकम रसोइलाई वार्षिक उपलब्ध गराउने आग्रह गर्दै मुस्लिम समुदायलाई रसोइलाई सहयोग गर्न अनुरोध गरे ।
उक्त स्वागत तथा अभिनन्दन कार्यक्रम व्यापारी तथा समाजसेवी कन्हैयालाल वैद्यको अध्यक्षतामा भएको थियो जसमा प्रख्यात समाजसेवी तथा उद्योगपति प्रदीप छाजेड त्यस्तै बृजेश बहादुर सिंह, मधेशी आयोगका अध्यक्ष विजय गुप्ता, अन्जनी माता रसोइका प्रबन्धक जितेन्द्र सिंह ठाकुर, वडा नं. ३ का वडाध्यक्ष अयुब सिद्दीकी, ६ नं. वडाका नवनिर्वाचित वडाध्यक्ष समिर प्रताप सिंह, वडा नं. ८ का वडाध्यक्ष रजनीश बाजपेयी, वडा नं. २३ का वडाध्यक्ष जब्बार अलि बेहना लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here