१८ फागुन, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय, बाँकेको नेतृत्वमा सरोकारवाला निकायहरु संमिलित अनुगमन टोलीद्वारा नेपालगञ्ज र जानकी गाउँपालिका क्षेत्रमा शुक्रवार आकस्मिक अनुगमन गरिएको छ ।
विभिन्न १२ वटा पसल तथा ब्यवसायमा आकस्मिक अनुगमन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी गराएका छन् ।
अनुगमनका क्रममा रु. १८ हजार मूल्य बराबरको अवैध सुर्तिजन्य पदार्थ जफत गरि नष्ट गरिएको, अवैध चिसो पेय पदार्थ र म्याद गुज्रेका अन्य चिसो पेय पदार्थ रु. १५ हजार २६० मूल्यको नष्ट गरिएको प्रजिअ पोखरेलले बताए ।
यस्तै गुप्ता ट्रेडिङ्स एन्ड सप्लायर्सबाट ३१ प्याकेट ड्राइ फ्रुट बरामद गरि थप अनुसन्धानका लागि बाणिज्य कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको प्रजिअ पोखरेलले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here