२१ फागुन, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय, बाँकेको नेतृत्वमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालय समेतको सहभागितामा नेपालगञ्ज क्षेत्रका विभिन्न प्रकारका ब्यवसायहरूको सोमवार स्थलगत अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा सुफियाना फ्रेस हाउस नेपालगञ्ज–१० लाई यस अघि पौष ५ गते भएको अनुगमनमा कैफियत पाई रु. ५००० जरिबाना गरिएकोमा हाल सम्म दाखिला नगरी अटेर गरेकाले उक्त व्यवसाय पसल सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जाकारी गराएका छन् ।
यस्तै लिकर हाउस नेपालगञ्ज–९ मा रहेको अर्ना बियरमा लगाएको (अन्त शुल्क स्टिकर) उपर थप अनुसन्धान गर्नुपर्ने देखिएकोले २ कार्टुन बियर नियन्त्रणमा लिइ आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज पठाइएको छ ।
अनुगमनका क्रममा अन्य पसल ब्यवसायहरूको अवस्था भने सामान्य रहेको प्रजिअ पोखरेलले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here