७ असार, नेपालगञ्ज । बाँके डुडुवा गाउँपालिका–१ छिटईपुर्वा पाझा गाउँका अग्निपीडितलाई राहत वितरण गरिएको छ ।
डुडुवा गाउँपालिकाले अग्नि पीडितलाई नगदसहित त्रिपाल, चाउ चाउ, नमकिन, चिउरा, गुण (मिठाई) र पानी वितरण गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार प्रत्येक घरधुरीलाई तत्कालको खाजा सेटसंगै प्रति घरधुरीलाई नगद रु. दुई हजार वितरण गरिएको छ ।
बुधबार राती एक्कासी आएको भिषण हावाहुरीले आगो उडाएर घरको छानामा खस्दा सो गाउँका ३४ घर जलेर नष्ट भएको थियो । पालिका अध्यक्ष चौधरीको नेतृत्वमा राहत सामाग्री लिएर गएको टोलीले अग्नि पीडितलाई राहत वितरण गरिएको हो ।
अग्नि पीडितसंग अध्यक्ष चौधरीले भेटघाट गर्दै आगलागी र क्षतिको अवस्थाबारे जानकारी लिएका थिए । उनीसंगै गएको स्वास्थ्यकर्मी टोलीले स्थानीयहरुको स्वास्थ्य समेत परिक्षण गरेको थियो । फुसको घरहरु जलेर नष्ट भएपछि विस्थापित भएका परिवारहरु गाउँपालिकाले निर्माण गरेको आश्रय स्थलमा बसीरहेको पालिका उपाध्यक्ष शाहिदा बानोले बताइन् ।
राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीलगायतको उपस्थिति रहेको थियो । अग्नि पीडितहरुलाई जिल्ला विपद् समितिले राहत स्वरुप नगद वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here