८ वैशाख, नेपालगन्ज । प्रहरीले अवैध ब्रोईलर कुखुराको चल्ला बरामद गरेको छ ।
नेपालगन्ज उ.म.न.पा. वडा नं. २३ भज्जीपुरुवास्थित भारतबाट अवैध रुपमा नेपालतर्फ भारत बहराईच जिल्लाको रुपैडिहा बस्ने बर्ष २५ को शिव मनिहार (सलमान) ले ल्याउँदै गरेको ब्रोईलर कुखुराको चल्ला २० कार्टुन, २,००० वटा चल्लाको अन्दाजी मूल्य रु. २ लाख बराबरको चल्ला सोमवार बरामद गरिएको हो ।
मानिस सहित चल्ला नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।