२१ माघ, नेपालगन्ज । सवारी दुर्घटना गरि फरार रहेका एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
गत शनिवार राति अन्दाजी १०ः१० बजेको समयमा नेपालगंज उ.म.न.पा.११ सृष्टिहल रोड स्थित त्रिभुवन चोक जाने बाटोमा बर्दिया राजापुर न.पा. १० बस्ने अन्दाजी बर्ष २३ को देव नारायण थारुले चलाएको भे १० प ४३४१ नम्बरको मोटरसाईकललाई तत्काल नम्बर नखुलेको मोटरसाईकलले ठक्कर दिई निज देवनारायण थारुको मृत्यु भएको घटनामा दुर्घटना पश्चात फरार रहेका नेपालगन्ज उ.म.न.पा. ७ रानितलाउ बस्ने बर्ष ५० को राकेश वाल्मिकीलाई पक्राउ गरिएको हो ।
निजको दुर्घटित भे २ प २९५८ नम्बरको मोटरसाईकल सहित आइतवार नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक आयूश प्रसाद जोशीले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here