२२ माघ, नेपालगन्ज । बिद्यार्थीहरुलाई सडक सुरक्षा, साईबर अपराध, बाल यौन दुब्र्यवहार लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिएको छ ।
नेपालगन्ज १ स्थित रहेको धम्बोझी मा.बि.को कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुलाई सडक सुरक्षा, साईबर अपराध, बाल यौन दुब्र्यवहार लगायतका बिषयमा प्रशिक्षण प्रदान गर्नुका साथै श्रब्य दृष्य समेत मंगलवार प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।