१९ जेठ, नेपालगन्ज । लागू औषध (ब्राउन सुगर र कोडिन) सहित एक जना पक्राउ परेका छन् ।
नेपालगन्ज उ.म.न.पा. वडा नं. १५ जमुनाहमा भारतबाट नेपालतर्फ आईरहेका बाँके बैजनाथ गा.पा. वडा नं. ५ बस्ने वर्ष २५ को रियाजुद्दिन हलवाईलाई सोमवार पक्राउ गरिएको हो ।
शंका लागी चेकजाँच गर्दा निजको साथबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ४ ग्राम ७७० मिलिग्राम र १०० एमएल को ३ बोतल कोडिन सहित फेला पारी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here