२५ वैशाख, नेपालगन्ज । बाँके प्रहरीले बेवारिसे अवस्थामा महिलाको शव फेला पारेको छ ।
बुधवार बिहान करिब ६ः२० बजेको समयमा नेपालगन्ज उप–महानगरपालिका वडा नं. १४ बालेगाउँस्थित नामथर, वतन नखुलेको अन्दाजी वर्ष ४०। ४५ वर्षकी महिलाको शव फेला परेको हो ।
बालेगाउँदेखि हिरमिनिया जाने सडक खण्डको उत्तर तर्फ घोप्टो अबस्थामा शव फेला पारिएको घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न भई मृत शव परीक्षणको लागि भेरी अस्पतालको शव गृहमा सुरक्षित राखिएको छ ।
शवको हालसम्म पहिचान नखुली सनाखत हुन नसकेको हुँदा निम्न हुलिया भएको महिलालाई चिन्नुहुने ब्यक्तिले जिल्ला प्रहरी कार्यालय, बाँकेमा सम्पर्क राख्न जिल्ला प्रहरी कार्यालय, बाँकेले अनुरोध गरेको छ ।